please click hear

Saturday, March 26, 2016

Ambar Gurung Interview

काठमाडौं, १३ चैत । राष्ट्रिय गानका संगितकार एंव नेपाली संगितका शिखरपुरुष अम्बर गुरुङ अस्वस्थ भएपछि उपचार गराएर हस्पिटल बाट बिदा भएका छन् । सबै स्रोता अनि दर्शकको मनमा बस्न सफल संगीतकार गुरुङको स्वास्थ्यमा सुधार भएको छ । स्वदेशमा उपचार नभएपछि दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार गर्ेका थिए । सन् १९३८ मा भारतको दार्जिलिङमा जन्मिएका गुरुङ लामो समयदेखि मधुमेह, पार्किन्सन लगायतका रोगबाट पीडित थिए । राष्ट्रियगानका सङ्गीतकारसमेत रहेका गुरुङलाई यसअघि नै सरकारले आजीवन भत्ता दिने निर्णय गरेको थियो । नसा तथा पाचन प्रणालीमा समस्या आएपछि ग्रान्डी अस्पताल भर्ना भएका गुरुङलाई ग्रान्डीले नै मेदान्त ‘रिफर’ गरिएको थियो । उपचारपछि स्वास्थ्यमा सुधार आएको गुरुङले संगीतकार तथा रचनाकार साथै लाइटनेपाल डटकमका प्रतिनिधि रतन चन्द लाई बताए । लाईटनेपाल डटकमका प्रतिनिधिसँग उपचार पछि भिडियो अन्तर्वातामा गुरुङ प्रस्तुत भएका छन् । -

No comments:

Post a Comment